Skip to content

Narayani Patra

Menu
Menu

पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण

Posted on April 16, 2023

दार्चुला ।

पछिल्लो समय दार्चुलामा भारतबाट फर्किरहेका नागरिकहरुमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । चैत २१ गते भारतको चेन्नइ सहरबाट घर फर्केका दार्चुलाको नौगाड गाउँपालिका–३ का २० वर्षीय पुरुषको खलंगा पुलघाटस्थित सीमानाकामा कोरोना जाँच गर्दा सङ्क्रमण पुष्टि भयो । त्यस्तै चैत २४ गते मार्मा गाउँपालिका–५ का ३० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखियो । चैत ३० गते भारतबाट फर्केका नौगाड गाउँपालिका–४ का २० वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर १ का ४० वर्षीय पुरुषमा पनि कोरोना जाँच गर्दा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा गरिएको परीक्षणमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत २९ गते जिल्ला अस्पताल दार्चुलामा महाकाली नगरपालिका–९ की २२ वर्षीया महिला र गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिका–५ की २० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
खलंगा पुलघाटमा गरिएको परीक्षणमा बैशाख १ गते (शुक्रवार) कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार कोरोना सङ्क्रमण पुष्टि हुनेमा जिल्लाको दुहुँ गाउँपालिका–५ का २६ वर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै भारतबाट दार्चुलाको खलंगा पुलघाट नाका हुदै फर्केका बैतडीका २ जनामासमेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय भारतबाट फर्कनेहरुमा दिनँहु जसो सङ्क्रमण पुष्टि भइरहेको छ ।

सीमानाका पुलघाटमा दैनिक कोरोना परीक्षण गरिनुका साथै लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप पनि लगाइदैछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme